‘इन्टु मिन्टु लण्डनमा’को बर्षकै पहिलो बम्पर ओपनिङ्ग

फिल्म ‘इन्टु मिन्टु लण्डनमा’ ले आशातित आक्रमक इनिसियल व्यापार गरेको छ । प्रदर्शनको पहिलो दिन शुक्रबार राम्रो दर्शकको साथ पाएको लभ स्टोरी फिल्मले शनिबार देशैभर आक्रमक रुपमा दर्शकलाई हलमा आकर्षण गर्न सफल रह्यो । हल रिपोर्ट हेर्नुस् :

शनिबार ‘इन्टु मिन्टु लण्डनमा’ लागेका अधिकांश हलहरु हाउसफूल रहेको रिपोर्ट छ । विशेषगरी शहरका मल्टिप्लेक्समा साम्राज्ञी राज्यलक्ष्मी शाह र धिरज मगर स्टारर फिल्म हेर्न युवा दर्शकको भिड देखियो । राजधानीका हल हलमा पुगेका इन्टु मिन्टु टिमलाई दर्शकले न्यानो स्वागत गरे । धिरज र साम्राज्ञीसँग सेल्फी खिच्न दर्शकहरुमाझ हानाथाप भएको थियो ।

इन्टु र मिन्टुसँगै हलहलमा नायक शारुक ताम्रकार र निर्देशक रेनशा वान्तवा राई पुगेका थिए । रेनशाको यो डेव्यु निर्देशकिय फिल्म हो । एक दशक नृत्य निर्देशन पछि उनले फिल्म निर्देशनमा हात हालेकी हुन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
विशेष सल्लाहकार : दिनेश सिटौला
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha