‘नाच फिरिरी’ टिमले काट्यो ३ करोडको केक

निकै मन पराइएको गीत ’नाच फिरिरी’ ले युटुवमा ३ करोड भ्युज पार गरेको छ । यो अवसरमा ’नाच फिरिरी’ टिमले बिहिबार केक काटेर खुसीयाली बाँड्यो ।

केक काट्ने कार्यक्रममा गायक तथा संगीतकार महेश काफ्ले, मोडल स्वस्तिमा खड्का, निर्माता अशिफ शाह, असिम शाह, आकाश खड्का उपस्थित थिए । गीतका मोडल निश्चल बस्नेत भने प्रसाद प्रचार प्रसारमा व्यस्त हुँदै उक्त कार्यक्रममा उपस्थित हुन पाएनन् ।

गीतले तीन करोड भन्दा बढी भ्युज पाउँदा आफु र आफ्नो टिम निकै खुशी रहेको गायक महेश काफ्लेले बताए । स्वस्तिमाले यो माया ’नाच फिरिरी’ टिमले गरेको मेहेनतको प्रतिफल रहेको बताइन् । युवा पुस्तामाझ निकै हिट गीत ’नाच फिरिरी’ मा शब्द तथा सङ्गीत गायक काफ्ले स्वयंमको हो । गीतको सङ्गीत संयोजन भने रिकेश गुरुङले गरेका हुन् । गीतमा महेशलाई गायिका मेलिना राईले साथ दिएकी छिन् । गीत हेर्नुस :

भिडियोमा निश्चल र स्वस्तिमासँगै क्रिस्टल क्लज डान्स क्रु र कलाकार प्रकाश घिमिरेले साथ दिएका छन् । भिडियोमा शिवराम श्रेष्ठ र सुरज श्रेष्ठको छायाङ्कन रहेको छ भनेसम्पादन लोकेश बज्राचार्यले गरेका हुन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
विशेष सल्लाहकार : दिनेश सिटौला
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha