एलिशाले जलाइन पलको दिल ! (भिडियो)

मिलन खलिङ राईको स्वर रहेको नयाँ गीत ‘दिलै यो जलाई’को भिडियो सार्वजनिक भएको छ। सार्वजनिक उक्त गीतमा पुष्प अधिकारी ुएन्जलुको शब्द तथा दिपेन्द्र थिङको संगीत सुन्न सकिन्छ। गीतको एरेन्ज सुमन केसीले गरेका छन्। मिलनले यसै गीतबाट गायनमा डेब्यु गरेका छन्। भिडियो :

शान थापाको निर्देशनमा तयार भएको यस भिडियोमा पल शाह र एलिशा राई फिचरिङ छन्। रजिव समरको कोरियोग्राफी रहेको भिडियोमा पल र एलिशाको विछोडको पिडालाई देखाइएको छ।

महेन्द्र खलिङ राईको प्रस्तुतीमा निर्माण भएको भिडियोमा वुद्ध थापाको छायांकन रहेको छ। अर्जुन तिवारीको डिओपी रहेको भिडियोलाई सुप्रिम पराजुलीको सम्पादन गरेका छन्।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
विशेष सल्लाहकार : दिनेश सिटौला
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha