‘पिरिम नलाउने’ टिमले काट्यो १ करोडको केक

चर्चित गीत ‘पिरिम नलाउने’को भिडियोलाई एक करोड भन्दा बढी दर्शकले हेरेका छन् । दीपक शर्माको शब्द तथा संगीत रहेको यो लोक गीतलाई युटुवमा अपलोड गरिएको ५१ दिनमा एक करोड बढी दर्शकले हेरेका हुन् ।

गीतले एक करोड भ्युज पाएको अवसरमा टिमले शनिबार केक काटेर खुसीयाली बाँड्यो । कार्यक्रममा संगीतकार शर्मा, मोडल बर्षा राउत, निर्देशक सुव्रत आचार्य, गायक तथा मोडल आशिष सचिन उपस्थित थिए । गायिका मेलिना राई भने राजधानी भन्दा बाहिर रहेकाले केक काट्ने कार्यक्रममा उपस्थित हुन सकिनन् । सोही कार्यक्रममा संगीतकार शर्माले यही टिमलाई लिएर पिरिम नलाउने २ बनाउने पनि घोषणा गरे ।

दाह्री फूले बैंशैमा चस्मा लाउँछौं पाउवर, दुई गाउँमा बस्दैनौं सुइकी हाल्छौ लाउर’ गीत टिकटकमा पनि निकै हिट छ । गीतको भिडियो हेर्नुस् :

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
विशेष सल्लाहकार : दिनेश सिटौला
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha