मेलिना राईको ‘तिम्ले बाटो फेर्‍यौ अरे २’ सार्वजनिक

गायिका मेलिना राईको स्वरमा रहेको ‘तिम्ले बाटो फेर्‍यौ अरे’ हिट गीत मानिन्छ । मेलिनाको लोकप्रियता यसै गीतबाट निकै चुलिएको थियो । यस गीतलाई युट्युबमा एक करोड २३ लाख बढी पटक हेरिएको छ । हेर्नुहोस् भिडियो :

‘तिम्ले बाटो फेर्‍यौ अरे’को सफलतासँगै अहिले यस टीमले ‘तिम्ले बाटो फेर्‍यौ अरे २’ सार्वजनिक गरेको छ । यस गीतमा पनि मेलिना राईले स्वर दिएकी छिन् । दर्पण राईको शब्द समावेश यस गीतमा विक्रम राईको संगीत सुन्न सकिन्छ ।

‘तिम्ले बाटो फेर्‍यौ अरे’को दोस्रो भागलाई लिएर गायिका मेलिना निकै उत्साहित छिन् । भन्छन्, ‘मलाई यो स्थानमा पुग्न तिम्ले बाटो फेर्‍यौ अरे ले निकै सहयोग पुर्‍याएको छ। त्यसको दोस्रो भाग रिलिज भएको छ। यसले पनि मेरो करिअरमा थप सहयोग गर्नेमा म विश्वस्त छु।’ आफूले गाएको गीतहरूमा मन पर्ने गीत मध्ये यो पनि एक भएको मेलिनाको भनाई छ । मेलिनासँग गरिएको रमाइलो कुराकानी हेर्नुस :

त्यस्तै, गीतकार दर्पण राई पनि यस गीतलाई लिएर निकै आशावादी छन् । उनी भन्छन्, ‘पहिलो भागमा भन्दा दोस्रो भागमा धेरै मेहनत गरेका छौं । गीत मेकिङको हिसाबमा हामी कतै चुकेका छैनौं। त्यसैले यस गीतलाई लिएर निकै आशावादी छु।’ पहिलो भाग निकै सफल भएका कारण यो पनि सफल हुने उनको विश्वास छ ।

शान थापाको निर्देशनमा तयार भएको ‘तिम्ले बाटो फेर्‍यौ अरे २’को भिडियोमा मेलिना राई आफैँ फिचर छिन्। अनिल के मानन्धरले खिचेको भिडियोमा राजिव समरको कोरियोग्राफी तथा सुप्रिम पराजुलीको सम्पादन रहेको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
विशेष सल्लाहकार : दिनेश सिटौला
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha