आयुष्मान बने ‘ड्रिम गर्ल’, पोस्टर सार्वजनिक

बलिउड अभिनेता आयुष्मान खुरानाले आफनो नँया फिल्म ‘ड्रिम गर्ल’को घोषणा सहित अफिसियल पोस्टर सार्वजनिक गरेका छन् । पोस्टरमा आयुष्मानले टिर्सट माथि पहेलो सारी लगाएका छन् ।

आयुष्मान सारी, चुरा र चप्पल लगाई स्कुटरमा बसेका छन् । यो पोस्टर हेर्दा आयुष्मानको फिल्म ड्रिम गर्ल कमेडि जनरामा बन्ने अनुमान गर्न सकिन्छ । बलिउडमा ‘ड्रिम गर्ल’ को ट्याग हेमा मालनीले लिदै आएकी छिन्, अब यो ट्याग आयुष्मान खुरानाले खोसेका छन् ।

‘अन्धाधुन’ र ‘बधाई हो’ फिल्मको सफलता पछि यो फिल्मको घोषणा गरेका हुन । आयुष्मानले पोस्टर सार्वजनिक गर्दै लेखेका छन, ‘जति मजाक हुन सक्थ्यो त्यति मजाक गरेको छ यँहा । यो फिल्म डिम गर्लको पहिलो लुक ।’

फिल्मलाई एकता कपुर र शोभा कपूर निर्माण गर्दैछन् भने राज शान्दिल्या निर्देशन गर्दैछन् । फिल्ममा आयुष्मान खुरानाको साथै नुसरत भरुचाको पनि मुख्य भुमिका रहने छ । कमेडि जनराको फिल्म २०१९ मा रिलिज हुँनेछ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
विशेष सल्लाहकार : दिनेश सिटौला
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha