प्रिमियरपछि ‘प्रसाद’को प्रशंसै प्रशंसा (फोटो फिचर)

फिल्म ‘प्रसाद’ लाई प्रिमियर शोमा रुचाइएको छ । बुधबार साँझ गरिएको प्रिमियर शोमा सहभागी अधिकांशले ‘प्रसाद’को प्रशंसा गरे ।

दिनेश राउत निर्देशित फिल्म प्रसाद हेरेपछि निर्माता, निर्देशक तथा अभिनेता भुवन केसीले भने, ‘फिल्मले मन छोयो । माइन्ड ब्लोइङ एण्ड आउट स्टान्डिङ बनेको छ । प्रसाद हेर्नैपर्ने फिल्म हो ।’ नम्रता र प्रेमी दावासँग गरिएको रमाइलो कुराकानी हेर्नुस् :

लेखक, निर्माता तथा अभिनेता दीपकराज गिरीले ‘प्रसाद’ राम्रो बनेको आफ्नो फेसबुक स्टाटसमा उल्लेख गरेका छन् । दीपक लेख्छन्, ‘भिन्न भिन्न जनराको फिल्म चल्न थालेपछि मात्रै हाम्रो सिनेमा उद्योग उँभो लाग्छ । प्रसाद एउटा पृथक र मौलिक चलचित्र हो । राम्रो बनेको छ ।’

निर्देशक रामबाबु गुरुङ्गगले पनि ‘प्रसाद’को प्रशंसा गरे । उनले आफ्नो फेसबुकको टाइमलाइनमा लेखे, ‘प्रसाद चटक्क राम्रो बनेको छ है साथी हो, हेर्नुहोला । बधाई छ लेखक सुशील पौडेल, निर्देशक दिनेस राउत लगायत प्रसाद टिमलाई ।’

निःसन्तान दम्पत्तीको कथामा बनेको ‘प्रसाद’ मा बिपिन कार्की, नम्रता श्रेष्ठ र निश्चल बस्नेत मुख्य भूमिकामा प्रस्तुत भएका छन् । यी तीन पात्रको वरीपरी घुमेको प्रसाद मन छुने फिल्म बन्न सफल भएको छ ।

फिल्मको कथा सञ्चारकर्मी सुशिल पौडेलले लेखेका हुन् भने छायाँकन राजेश श्रेष्ठले गरेका हुन् । संगीत सुवास भूषालेको हो । ‘प्रसाद’ यही शुक्रबार, मंसिर २१ गतेदेखि प्रदर्शनमा आउँदैछ । तस्बिर : कुशल घतानी राई

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
विशेष सल्लाहकार : दिनेश सिटौला
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha