नेपाली फिल्म ‘पासवर्ड’ मा सन्नीको आइटम

बलिउड आइटल गर्ल सन्नी लियोनीले नेपाली फिल्म ‘पासवर्ड’ को आइटम गीतमा कम्मर मर्काएकी छन् । लण्डनमा छायाँकन गरिएको उक्त गीत खिच्न पाँच करोड नेपाली रुपैयाँ खर्चिएको निर्माण टिमको दाबी छ ।

अर्जुन पोखरेलले संगीत दिएको ’सन्नि हो नाम मेरो…’ बोलको गीतको भिडियोलाई बलिउडका विष्णु देभाले कोरियोग्राफी गरेका छन् । कोरियोग्राफर विष्णुदेभाल सलमान खान, शाहरुख खान, अक्षयकुमार जस्ता बलिउड स्टारलाई कोरियोग्राफी गरेका छन् ।

पासवर्डको गीतमा आइटम गर्न सन्नी दुई करोड भारु लिएको चर्चा छ । साढे चार मिनेटको गीतमा कोरियोग्राफी गर्न सात जनाको टिम सहित विष्णुदेभा सन्निसँगै लण्डन पुगेका थिए । फिल्मका अन्य नेपाली कलाकारहरुको तश्विरहरु भने ’रिभिल’ गरेको छैन । सम्राट बस्नेत निर्देशित ’पासवर्ड’ मा बिक्रम जोशी (विक्की), अनुपबिक्रम शाहि, बुद्धि तामाङ, छुल्ठिम गुरुङ, बिक्रान्त बस्नेत, रविन्द्र झा, प्रविण खतिवडा, लिशा सुनार, परि राना लगायत कलाकारहरुको अभिनय छ ।

एबी इन्टरनेशनलको ब्यानरमा बनेको फिल्मलाई बिक्रम जोशी, हिरल जोशी र अमित बस्नेतले निर्माण गरेका हुन् । एक्सन थ्रिलर जनराको फिल्ममा सौरभ लामाको छायाँकन छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
विशेष सल्लाहकार : दिनेश सिटौला
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha