प्रियंकाको घुम्टो ७५ फिट लामो, केक १८ फिट अग्लो

बलिउड अभिनेत्री प्रियंका चोपडा र अमेरिकी गायक निक जोनसले गत साता जोधपुरमा भव्य रूपमा विवाह गरेका थिए । डिसेम्बर १ मा क्रिश्चियन रिवाज र डिसेम्बर २ मा हिन्दु रिवाज अनुसार यो जोडि बैवाहिक बन्धनमा बाँधिएको हो ।

प्रियंकाले बुधबार सामाजिक सञ्जालमा विवाहको पहिरन फोटो सार्वजनिक गरेकी छन् । विवाहमा प्रियंकाले अमेरिकाका प्रख्यात डिजाइनर राल्फ लरेनको गाउन लगाएकी थिइन्, जसमा २० लाख मोतीका मसिना सिक्काहरु जडान गरिएको थियो । उनले लगाएको सेतो घुम्टो ७५ फिट लामो रहेको छ ।

प्रियंकाको यो पहिरनको अहिले निकै चर्चाको विषय बनेको छ । ७५ फिट लामो घुम्टो स्याहार्नको लागि ५ जनाको सहायता लिइएको थियो । उनको विवाहको घुम्टो सहित विवाह केक पनि चर्चामा रहेको छ । क्रिश्चियन विवाहमा प्रियंका र निकको आमाले स्पीच दिएका थिए । त्यसपछि यो जोडिले डान्स गरेर परम्परा अनुसार केक काटेका थिए । यो

केक १८ फिट लामो थियो । निकको आफ्नै शेफले केक तयार पारेका हुन । निकले दुबई र कुवेतबाट शेफ बोलाएका थिए । केक काट्दै गरेको भिडियो प्रियंकाले सार्वजनिक गरेकी हुन् ।

 

 

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
विशेष सल्लाहकार : दिनेश सिटौला
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha