‘म त पिरिम मा’ मा नाच्नुस् ५० हजार जित्नुस्

फिल्म ‘गरुढ पुराण’  युनिटले ’म त पिरिम मा’ को कभर भिडियो प्रतियोगिताको घोषणा गरेको छ । मदानी क्रीएसनको सहकार्यमा गरिएको प्रतियोगिताको उत्कृष्ट नृत्यले नगद ५० हजार जित्नुका साथै एउटा म्युजिक भिडियो र नृत्य समुहका सदस्यहरुको फोटो सेसनको अवसर लगायतका पुरस्कार पाउने निर्देशक सुवास कोइरालाले बताए ।

प्रतियोगितामा भाग लिन एकल वा युगल वा सामुहिक रुपमा कभर भिडियो बनाएर [email protected] मा पठाउनुपर्ने छ । उपलब्ध भिडियोहरु मदानी क्रीएसनको युटुब च्यानलमा अपलोड गरिने क्रीएसनका सिइओ बिष्णुकान्त घिमिरेले बताए । दिनेस राउतको शब्द रहेको गीत ’म त पितिममा’ मा कोशिस क्षेत्री र मनिशा पोख्रेलको स्वर रहेको छ भने रेनशा बान्तवा राइले कोरियोग्राफी गरेकी छिन । गीत हेर्नुस :

गीतमा उदयराज पौडेलको एरेन्ज र कोसिस क्षेत्रीको सङ्गीत रहेको गीतमा निश्चल बस्नेत, कर्म शाक्य, प्रियङ्का सिंह र अन्जली योन्जनको दमदार नृत्य देख्न सकिन्छ । फिल्म माघ ४ गते देशब्यापी प्रदर्शनमा आउँनेछ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
विशेष सल्लाहकार : दिनेश सिटौला
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha