‘प्रसाद’ प्रिमियरमा ऋचा निश्चलसँग फोटो खिच्न मात्रै आएकी थिइन् ?

मंगलबार बिग मुभिजमा आयोजित फिल्म ‘प्रसाद’ को प्रिमियरमा थुप्रै फिल्मकर्मी आएका थिए । त्यस मध्येमा नायिका ऋचा शर्माले आफुप्रति मिडियाको ध्यान तान्न सफल भइन् ।

रेड कार्पेट सुरु हुने तीन बजेतिरै बिग मुभिज पुगेकी ऋचा हातमा फूलको गुच्छा लिएर पुगेकी थिइन् । ऋचा रेड कार्पेट सुरुदेखि फिल्म सुरु नहुँदासम्म हलमा बसेकी बसिन् तर फिल्म हेरिनन् । हलमा फिल्म चल्न थालेपछि ऋचा शनिबार हेर्छु भन्दै बाहिरिएकी थिइन् । फिल्म नहेर्ने भए ‘प्रसाद’ प्रिमियरमा ऋचा किन पुगेकी थिइन् त ?

‘ऋचा आइन्, निश्चलसँग फोटो खिचाइन् गइन्’, सञ्चारकर्मी माझ कानेखुसी चल्यो । सञ्चारकर्मीले निश्चल र ऋचालाई एकै फ्रेममा राखेर फोटो खिच्न चाहेपछि प्रोडक्सन म्यानेजर सुरज आचार्यले निश्चलाई ऋचासँग रेड कार्पेटमा फोटो खिच्न बोलाए ।

निश्चल छेउमा उभिंदा ऋचाले विभिन्न मुद्रामा पोज दिएकी थिइन् । निश्चल भने ऋचासँग पोज दिन असहज मानिरहेका थिए । निश्चल छेउ आउँदा ऋचा किन मख्ख भइन् र निश्चलले किन असहज माने ? त्यो उनीहरु नै जानुन् ।

तर एक समय प्रेम चर्चामा समेत रहेका निर्देशक नायिका बिचको भेट मिडियाको लागि मसला हुने नै भयो । निश्चलको निर्देशन रहेका ‘लुट’, ‘टलकजंग भर्सेस टुल्के’ र ‘लुट २’ का ऋचाले अभिनय गरेकी छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
विशेष सल्लाहकार : दिनेश सिटौला
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha