‘सालको पात’ ले काट्यो एक करोडको केक

पछिल्लो समयमा सर्वाधिक लोकप्रिय लोक गीत ‘सालको पात टपरी’ ले डेढ करोड बढी युटुवमा भ्युज पाएको उपलक्ष्यमा केक काटेर खुसीयाली साटेको छ । बुधबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै गीतका सर्जकलाई सम्मान तथा पुरस्कार समेत प्रदान गरियो ।

उक्त कार्यक्रममा गीतसँग आवद्ध रहेका सम्पुर्ण व्यक्तिलाई नगद सहित सम्मान गरिएको थियो । गीतका गायक कुलेन्द्र विश्वकर्मा, संगीतकार बसन्त थापा र गीतकार नवराज पन्तलाई ५० हजारको चेक हस्तान्तरण गरिएको थियो । गीतका निर्देशक शिव विक र मोडल मरिष्का पोखरेललाई दश दश हजार सहित मायाको चिनो प्रदान गरिएको थियो ।
कार्यक्रममा वरिष्ठ गायक, संगीतका तथा निर्देशक नारायण रायमाझी, वरिष्ठ गीतकार कृष्णसुधा ढुंगाना, गायिका शर्मिला गुरुङ, आशिष अविरल, शंकर विसी, प्रकाश भट्ट, एकनारायण भण्डारी, गायिका राधिका हमाल, गायक राजु ढकाल उपस्थिति रहेको थियो ।

टिकटकमा समेत छाएको गीत सालको पात मा विष्णु माझी र कुलेन्द्र विश्वकर्माको स्वर रहेको छ । नवराज पन्तको शब्द रहेको गीतमा बसन्त थापाको संगीत रहेको छ । गीतमा नायिका तथा मोडल मरिष्का पोखरल, कुलेन्द्र विश्वकर्मा र संगीतकार बसन्त थापा स्वयमले नृत्य प्रस्तुत गरेका छन् । शिव विकको नृत्य निर्देशन रहेको गीतको भिडियोलाई ज्ञानेन्द्र शर्माले खिचेका हुन् । सम्पादन निशान घिमिरेको रहेको छ । गीतको भिडियो हेर्नुस् :

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
विशेष सल्लाहकार : दिनेश सिटौला
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha