निशान भट्टराईको गीतमा करिष्मा र अभिषेकको रोमान्स

नेपाल आइडल पहिलो सिजनका फस्ट रनरअप निशान भट्टराई र गरिमा केसीको आवाज रहेको ‘मेरो आँखा’ बोलको गीत सार्वजनिक भएको छ । दिग्गज धौराली शब्द रहेको गीतमा अर्जुन पौखरेलको संगीत तथा संगीत समायोजन रहेको छ । भिडियो हेर्नुस् :

यो गीतको भिडियोमा करिष्मा श्रेष्ठ र अभिषेक श्रेष्ठ फिचर्ड छन् । करिश्मा कलाकार सलोन बस्नेतकी पुर्व प्रेमिका हुन् भने अभिषक नायक अनमोल केसीका डुप्लिकेट भनी चर्चामा आएका थिए । करिश्मा र अभिषेकको पहिलो म्युजिक भिडियो हो ।

बसन्त घर्ती मगरले खिचेको गीतको भिडियोलाई राम प्रसाद चौधरीले सम्पादन गरेका हुन् । सुभम भुजेलको कोरियोग्राफी रहेको गीतलाई शिशिर खत्रीले निर्देशन गरेका छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
विशेष सल्लाहकार : दिनेश सिटौला
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha