सद्भाव र ऐक्यवद्धताका लागि ७ प्रदेशमा ‘सप्तरङ्ग’

गृष्मा ब्रोडकाष्टिङ प्रा.लीको आयोजनामा ’सप्तरङ्ग’ एक पृथक साँगीतिक यात्रा हुने भएको छ । सद्भाव र ऐक्यवद्दताको मुख्य उदेश्य सहित देशका सात प्रदेशमा उक्त कार्यक्रमको आयोजना गर्न लागिएको हो । कार्यक्रममा विभिन्न विधाका ७ कलाकारले आफ्नो प्रस्तुत दिनेछन् ।

माघ १८ गते देखी फागुन २ गतेसम्म आयोजना हुने ’सप्तरङ्ग’ साँगीतिक कार्यक्रममा गायक रामकृष्ण ढकाल, प्रमोद खरेल, गायिका ईन्दिरा जोशी र लोकगायक पशुपति शर्मा, मोडल अन्जली अधिकारी, हाँस्यव्यांग्य कलाकार सन्दीप क्षेत्री र तेक्वन्दो खेलाडी दीपक बिष्ट सहभागी छ्न् । प्रमोद र इन्दिरासँग गरिएको रमाइलो कुराकानी हेर्नुस् :

’सप्तरङ्ग’ माघ १८ गते दमकबाट सुरु हुनेछ । यसपछि माघ २० गते जनकपुर, माघ २२ गते नारायणगढ, माघ २४ गते बुटबल, माघ २६ गते सुर्खेत, माघ २८ गते धनगढी र फागुन २ गते पोखरामा आयोजना हुनेछ । कार्यक्रममा दर्शक नि:शुल्क उपस्थित हुन सक्नेछन् ।

’सप्तरङ्ग’ सांगीतिक यात्राले देशका सातै प्रदेशको पर्यटकिय स्थानको प्रबद्र्धन र सम्भावनाको खोजी गरिने आयोजक संस्थाका प्रमुख गृहेन्द्र घिमिरेले बताए । उनले यसअघि देश तथा विदेशमा थुप्रै म्युजिकल इभेन्ट गरिसकेका छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
विशेष सल्लाहकार : दिनेश सिटौला
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha