अजय, अक्षय र रणवीर लिएर रोहितले ‘सुर्यवंशी’ बनाउने

रणवीर सिंह स्टारर फिल्म ‘सिम्बा’ बक्स अफिसमा सुपरहिट सावित भएको छ । यो फिल्मले प्रर्दशनको ११ दिन भित्र दुई सय करोडको कमाइ गरिसकेको छ ।

दुई सय करोड क्लबमा समावेश भएपछि फिल्म युनिटले सोमबार राती सक्सेस पार्टी मनायो । यस पार्टीमा बलिउड कलाकार रणवीर सिंह, दीपिका पादुकोण, रोहित शेट्टी, करण जोहर, सारा अली खान, अजय देवगन, कजोल, अक्षय कुमार, आर्यान मोखेर्जी, सोनु शुद, कुनाल खेमु, गणेश आर्चाय, मनिष मल्होत्रा लगायतका उपस्थित थिए ।

यसै कार्यक्रममा रोहित शेट्टीले निर्देशन गर्न लागेको फिल्म सुर्यवंशी अफिसियल घोषणा गरिएको छ । सिम्बा रिलिजसँगै अक्षय कुमारलाई लिएर सुर्यवंशी बन्ने घोषणा गरिएको थियो । रोहित शेट्टीले सामाजिक सञ्जालमा फोटो सेयर गर्दै मल्टिस्टार फिल्म बन्ने बताएका छन् । उनले लेखेका छन्, ‘सिम्बा, सिंघम र सुर्यवंशी आउँदैछन । के मैंले यस्तो कुरा भन्नुपर्छ जो तपाईहरुलाई थाहा छैन ?’

सुर्यवंशीमा पनि करण जोहर सहनिर्माता रहनेछन् । फिल्मको लागि रणवीर सिंह, अजय देवगन र अक्षय कुमार फाइनल भएपनि नायिका भने पक्का गरिएको छैन ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
विशेष सल्लाहकार : दिनेश सिटौला
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha