‘शुभ लभ’ गीतमा हरिहर र क्रिस्टिनको रोमान्स

फिल्म ‘शुभ लभ’ को शिर्ष गीत छायांकन भैरहेको छ । ‘तिमी हुन्छौ भने मेरो शुभ लभ’ बोलको गीतमा युवा ज्योतिषी हरिहर अधिकारी र क्रिस्टिन पौडेलले फिर्चड गरेका छन् । फिल्मलाई सन्तोषबाबु लोहनीले निर्देशन गरेका हुन् ।

यो फिल्मबाट हरिहर र क्रिस्टिन डेब्यु गर्दैछन् । ज्योतिषी ज्ञान कथामा आधारित फिल्मको हाल पोखरामा छायांकन भइरहेको छ । सेमिनारका लागि पोखरा पुगेको हिरो (हरिहर) ले रिसाएकी प्रेमिका (क्रिस्टिन) फकाउँदै गरेको दृश्य गीतमा प्रस्तुत छ । छायाँकनरत गीतमा निशान भट्टाराईको आवाज रहेको छ । शब्द तथा संगीत अर्जुन पोखरेलको रहेको छ भने कोरियोग्राफी रामजी लामिछानेको रहेको छ ।

चैत १५ गते देखि रिलिज हुने फिल्मको दुई गीत छाँयाकन गर्न बाँकी रहेको छ । फिल्ममा हरिहर र क्रिस्टिनसंगै सरोज खनाल, प्रदीप बाँस्तोला, रवीन्द्र झा, राजाराम पौडेल, डा.सूर्या थापा लगायत कलाकारको अभिनय रहेको छ । धर्मराज सुवेदीको लगानी रहेको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
विशेष सल्लाहकार : दिनेश सिटौला
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha