‘भिलेन’ भर्सेस ‘चौका’ दाउ, एक्सन हेर्ने की कमेडी ?

पौष २७ गते, शुक्रबार दुई फिल्म रिलिज भएका छन् । ‘चौका दाउ’ र ‘भिलेन’ एकै मितिमा हलमा लागेको छ । यी दुई फिल्म बारे छोटो चर्चा गरौं ।

चौका दाउ
पुर्नेन्दु झाले निर्देशन गरेको फिल्म ‘चौका दाउ’मा सामाजिक विकृतीलाई प्रस्तुत गरिएको छ । फिल्ममा विल्सन विक्रम राई, वर्षा राउत, सोनिका केसी, सन्तोष पन्त, तैयाब शाह, रविन्द्र झा, निर्मल शर्मा लगायतका कलाकारहरुको अभिनय रहेको छ । फिल्ममा शम्भुजित बास्कोटा र मनोज राजभण्डारीको लगानी रहेको छ भने संगीत र पटक कथा बास्कोटाकै रहेको छ । फिल्मलाई दुर्गा गुरुङ्गको छायांकन गरेका छन् भने सम्पादन मित्र डि गुरुङ्गले गरेका छन् । कोरियोग्राफी बसन्त श्रेष्ठ र भिमफेदी गाइजको रहेको छ । चौका दाउ टिमसँग गरिएको रमाइलो कुराकानी हेर्नुस् :

भिलेन
निखिल उप्रेतीको मुख्य भूमिका रहेको फिल्म ‘भिलेन’मा तराई प्रदेशको परिवेशलाई चित्रण गरिएकोे छ । फिल्ममा निखिलसंगै शिल्पा पोखरेल, निशा अधिकारी, कपिल खत्रीको मुख्य भूमिका रहेको छ । देबेन्द्र राज पाण्डेको निर्देशन गरेको फिल्मलाई कपिल खत्री र बल बहादुर श्रेष्ठले निर्माण गरेका हुन् । सौरभ लामा र मदन कायस्प घिमिरेको छायांकन रहेको फिल्ममा साहिल खान र मिलन श्रेष्ठको सम्पादन रहेको छ । बसन्त सापकोटा, लाल कुमार बराल र बाबुल गिरीको संगीत, शुक्र राज शाहको द्वन्द, दिपक श्रेष्ठ र दिपेन्द्र तिमल्सिनाको कोरियोग्राफी रहेको छ । शिल्पासँग गरिएको रमाइलो कुराकानी हेर्नुस् :

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
विशेष सल्लाहकार : दिनेश सिटौला
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha