नेपाल चलचित्र नृत्य संघद्वारा संस्था पुर्नगठनको माग

नृत्यकर्मीहरुको आत्मा सम्मान र प्रतिष्ठान बढाउनको लागि नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान पुनः गठनको माग गरिएको छ । नेपाल चलचित्र नृत्य संघले विज्ञप्ती जारी गर्दै उक्त माग गरेको हो ।

विगत चार वर्षमा नियुत्तीमा अवमूल्यन भएको भन्दै विरोध जनाइएको हो । अब हुने संघ गठनमा योग्य सदस्य चुन्नको लागि संघले दवाब दिएको छ । संघले कुलपति, उप–कुलपति, सदस्य सचिव सहित ६ जना प्रज्ञा परिषद् सदस्यमा १ जना पनि नृत्य विज्ञ नपर्नुमा आपत्ती जनाएको हो । नृत्य नेपाली संस्कृति र सभ्यताको बृद्धिका साथै व्यवसायिक रुपमा विकास गर्नेको लागि योग्य सदस्य नृत्य संघ रहनु पर्ने उल्लेख विज्ञप्तीमा उल्लेख गरिएको छ ।

नृत्य क्षेत्रको विकास र उत्थानका लागि स्थापित संस्थामा कोहि योग्य व्यक्ति नहुदाँ आजको युग पछाडि परेको छ । हाल चलचित्र क्षेत्रमा योग्य व्यक्ति रहेको हुदाँ योग्य व्यक्तिलाई नियुक्ति गर्नको लागि विवादित वातावरण सिर्जना भएको छ । संघका अध्यक्ष बसन्त श्रेष्ठले जारी गरेको विज्ञप्तीमा प्रतिष्ठानले तत्काल कदम सच्याउँदै कुलपति, उप–कुलपति, सदस्य वा प्राज्ञ परिषद् सदस्यको पुनः नियुक्तिको माग समेत गरेको हो ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
विशेष सल्लाहकार : दिनेश सिटौला
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha