समिक्षाको नयाँ गीतमा बसन्त बुवा बने (भिडियो)

फिल्म ‘नाई न भन्नु ल ५’ को ‘बालापनको उमेर’ गीत गाएकी समिक्षा अधिकारीको ‘वनमा काँफल’ बोलको गीत सार्वजनिक भएको छ । मार्मिक गीतमा समिक्षाको एकल आवाज रहेको छ । भिडियो हेर्नुस् :

विदेशमा रहेका पितालाई आफ्नो घर फर्कन आग्रह गरेको गीतमा समिक्षा र बसन्त सापकोटा फिर्चड छन् । भिडियो बसन्त समिक्क्षाको बुवा बनेका छन् । दिनेश थपलियाको शब्द रहेको गीतमा बसन्त सापकोटाको संगीत रहेको छ । प्रकाश न्यौपानेले छायाँकन गरेको गीतलाई अर्जुन पोखरेलले सम्पादन गरेका हुन् । संगीत समायोजन सहास शाक्यको रहेको छ भने भिडियो निर्देशन सरोज वलीको रहेको छ ।

समिक्क्षा पछिल्लो केही समययता आफ्नो सुमधुर स्वरका कारण चर्चामा छिन् । ‘नाईं नभन्नू ल ५’ मा अभिनय गरेकी सेड्रिना शर्मा र समिक्क्षासँग गरिएको रमाइलो कुराकानी हेर्नुस् :

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
विशेष सल्लाहकार : दिनेश सिटौला
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha