एक्सनले भरिपूर्ण ‘रणवीर’ को ट्रेलर

फिल्म ‘रणवीर’को ट्रेलर सार्वजनिक भएको छ । शुक्रबार काठमाडौंमा कार्यक्रम गर्दै गोविन्द सिंह भण्डारी निर्देशित फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो । हेर्नुस् ‘रणवीर’को एक्सन प्रधान ट्रेलर :

एक्सन र थ्रिल फिल्ममा सुशील सिटौला, प्रशान्त ताम्राकार, शुभेच्छा खड्का, सुपुष्पा भट्ट, रवी गिरी, हरिहर शर्मा, टिका पहारी, नरेश पौडेल, भोला राज सापकोटा, जीवन भट्टराई, जगदिष रिजाल, बसन्ती भट्ट लगायत कलाकारहरुको अभिनय रहेको छ ।

कथा, पटकथा, संवाद निर्देशक गोविन्दको रहेको छ । महेश पौडेलले छायाँकन गरेको फिल्मलाई कृष्ण भण्डारीले सम्पादन गरेका हुन् । फिल्ममा चन्द्र पन्तको द्वन्द्ध, गम्भिर विष्ट र सुरेन्द्र बसेलको कोरियोग्राफी रहेको छ । यो फिल्म माघ १८ गते देखि रिलिज हुँदैछ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
विशेष सल्लाहकार : दिनेश सिटौला
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha