‘भूमिका तेश्रो लिंगीको आत्मकथा’ सार्वजनिक

तेश्रोलिंगी भूमिका श्रेष्ठले आफ्नो आत्मकथा सार्वजनिक गरेकी छन् । आफ्नै जन्मदिनको अवसर पारेर शुक्रबार थापा गाउँमा रहेको कुञ्ज थिएटरमा ‘भूमिका तेश्रो लिंगीको आत्मकथा’ सार्वजनिक गरेकी हुन् ।

भूमिकाकी आमा, नायिका, निर्माता तथा निर्देशक रेखा थापा, निर्माता तथा अभिनेता रमेश उप्रेती, पुर्व मिस नेपाल माल्भिका सुब्बा, ब्लु डायमण्ड सोसाइटीकी अध्यक्ष पिंकी गुरुंग, साहित्यकार अश्विनी कोइरालाले संयुक्त रुपमा भूमिका विमोचन गरे । पुर्व मिस पिंक र तेश्रोलिंगी समुदायको अभियान्ता समेत रहेकी भूमिकाले आफ्नो पुस्तकलाई पाठकले रुचाउने आशा राखिन् ।

पुस्तक विमोचन गरेका रेखा, माल्भिका, रमेश लगायतले भूमिका तेश्रोलिंगी समुदायको मात्रै नभएर सम्पूर्ण युवा समुदायको उदाहरणीय व्यक्ति रहेको बताए । उनीहरुले भूमिकालाई जन्मदिनको शुभकामना दिदैं पुस्तक सफलताको कामना गरे । भूमिकाले कान्छी मा समेत अभिनय गरेकी छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
विशेष सल्लाहकार : दिनेश सिटौला
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha