निरुता, उत्तम र दीलिप मिलेर ‘दर्पण छायाँ’को सिक्वेल बनाउने

अभिनेत्री निरुता सिंहले सुपरहिट फिल्म ‘दर्पण छायाँ’को सिक्वेल बन्ने खुलासा गरेकी छिन् । एक मिडिया सँगको कुराकानीमा उनले दर्पण छायाँको सिक्वेल बन्ने खुलाएकी हुन् ।

दर्पण छायाँको सिक्वेलमा पनि उत्तम प्रधान, दिलिप रायमाझी र निरुता सिंहको मुख्य भुमिका रहने छ । दर्पण छायाँको काहनी जहाँ टुगिएको थियो त्यहीबाट नयाँ स्टोरी उठाउने निरुताले बताइन् । उनले भनिन, ‘उत्तमजी एकदमै क्रिएटिभ हुनुहुन्छ । फिल्म बनाउने कन्सेप्ट उहाँकै हो । उहाँले फोन गरेर फिल्मको कन्सेप्ट सुनाउनु भएको थियो । मलाई पनि एकदमै राम्रो लाग्यो ।’ यतिबेला उत्तम स्क्रिप्टको काममा व्यस्त छन् । दिलिप र निरुतासँग गरिएको रमाइलो कुराकानी हेर्नुस् :

दर्पण छायाँलाई तुलसी घिमिरेले निर्देशन गरेका हुन् । तुलसी घिमिरेकै निर्देशनमा ‘दर्पण छायाँ २’ बनिसकेको छ । यो फिल्ममा पुष्प खड्का, सहारा कार्की, श्रद्धा प्रसाईको मुख्य भुमिका रहेको छ । दर्पण छायाँ सुपरहिट भएको थियो भने दर्पण छायाँ २ ले राम्रो प्रर्दशन गर्न सकेन । भुवन केसी र निरुतासँग गरिएको रमाइलो कुराकानी हेर्नुस् :


निरुताले लामो समयपछि फिल्म ‘दाल भात तरकारी’मा मुख्य भूमिकामा अभिनय गरेकी छन् । यस्तै उनले फिल्म क्याप्टेनको एउटा गीतमा अभिनेता भुवन केसी र युवा स्टार अनमोल केसीसँग नृत्य प्रस्तुत गरिन् । निरुता यतिबेला ‘क्याप्टेन’ को प्रचारमा सहभागी भैरहेकी छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
विशेष सल्लाहकार : दिनेश सिटौला
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha