ऋचा शर्मा म्युजिक भिडियोमा वृद्धा बनिन् (भिडियो)

गायक सुरज थापाको नयाँ गीत सार्बजनिक भएको छ । नेपालीहरुको वास्तविक कथा व्यथा समेटिएको ‘हवाईजहाज’बोलको गीतमा शब्द प्रमानन्द खरेलको रहेको छ प्रकाश नेपालीले संगीत दिएका छन् । गीतको भिडियो हेर्नुस् :

गोबिन्द मधुर आचार्यले संगीत संयोजन गरेको गीतलाइ अन्जुली इन्टरटेन्टमेन्टले प्रस्तुत गरेको हो । नेपाल आइडलमा सहभागी भएर धेरै दर्शक श्रोताको मनमा बस्न सफल गायक सुरज थापाले गीतलाई मन छुने गरि गाएका छन् । गीतको भिडियोमा नायिका ऋचा शर्माको साथमा राज खड्का र संगीत सन्तोषको अभिनय रहेको छ ।

ज्ञानेन्द्र शर्माले छायांकन गरेको भिडियोलाई विकास ज्ञवालीले सम्पादन गरेका हुन् भने निर्देशक सर्जुन राइको छ । परदेशमा जाने नेपालीहरुको कथा व्यथा र छोरो विदेश गए पछि घरमा रहेका आमा बुबाको दःुख पिडालाई भिडियोमा समेटिएको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
विशेष सल्लाहकार : दिनेश सिटौला
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha