गीतकार भिखारीको ‘पञ्चामृत’ सार्वजनिक

गीतकार अर्जुन रत्न भिकारीको एकल शब्द रचना रहेको एल्बम ‘पञ्चामृत’ सार्वजनिक भएको छ । लोकप्रिय संगीतकार सुनिल मास्केको एक्ला संगीतमा तयार भएको एल्बमलाई राजधानीमा एक कार्यक्रम बीच आइतवार साँझ नेपाली गीतसंगीतका महारथीहरू यादव खरेल, दीप श्रेष्ठ र शम्भुजित बास्कोटाले एकसाथ विमोचन गरेका थिए ।

लेखनको लागि चिनिने यादव खरेल, गायक दीप श्रेष्ठ र संगीतकार शम्भुजित बास्कोटा तिनै गीतसंगीतका सर्जकलाई प्रमुख अतिथि बनाउदै एल्बम बिमोचन गरिएको हो । पाँच गीतसंग्रहित यो एल्बम दर्शक तथा श्रोताको लागि पञ्चामृत सावित हुने विस्वास यससँग जोडिएको सर्जकको छ । एल्बम विमोचनपछी आफ्नो मन्तव्य राख्दै वरिष्ठ गीतकार यादव खरेलले एल्बममा सबै किसिमको गीत रहेको बताउनु भयो ।

’अर्जुनजीको शब्दले सबै भाव व्यक्त गर्छ , त्यसैले नाम पनि सुहाएको छ’ उनले भने ’उनको शब्दले व्यक्त गर्ने भावमा दर्शक तथा श्रोता जोडिने ठाउ प्रसस्तै देखेको छु भने कम्पोज पनि उस्तै कर्ण्प्रिय छन् ।’ साथै , अर्जुनको सांगीतिक निरन्तरताको पनि चर्चा भयो । उनले अघिल्लो वर्ष मात्र ’जय माया प्रेम’ एल्बम लिएर आएका थिए । ’शब्द र संगीतलाई न्याय गर्ने स्वर छानिएको रहेछ’ दीपले शुभकामना दिदै भने ’शब्द र संगीतलाई न्याय गर्ने स्वर खोज्नु नै पहिलो सफलता हो , शब्दको भाव र संगीतको गुन्जलाई स्वरले न्याय गरेका छन् ।’ उनले गीत सुनेको र आफुलाई मन परेको प्रतिक्रिया दिए । यसैगरी संगीतकार बास्कोटाले पनि एल्बमको तारिफ गरे । ’समय सुहाउदो शब्द र संगीत छ त्यसैले पनि यो श्रोता र दर्शकको रोजाईमा पर्छ’ संगीतकार बास्कोटाले शुभकामना दिदै भने ’सुनिलजीको कुरा त के गर्ने अर्जुनजीको लेखनमा भविष्य उज्वल छ ।’ आफुले निम्त्याएको प्रमुख अतिथिहरुबाट पाएको प्रतिक्रियाले अर्जुन दंग थिए ।

’मैले गत वर्ष देखि रचना गरेको शब्दलाई गीतको रुप दिएको हु’ अर्जुनले भने ’यसमा सबै किसिमका गीत छन् , आश छ पछिल्लो गीत झैँ यसमा पनि उतिकै माया पाउनेछु ।’ सुनिलले पनि अर्जुनको शब्द राम्रो भएकाले नै एकल कम्पोजमा एल्बम गर्न सहमत भएको बताए । ’हाम्रो प्रयासलाई पहिलो सार्वजनिक गीतले धनले होइन मनले नै प्रस्ट्याउछ’ उनले भने ’उँहाको शब्दले गीतको भावलाई व्यक्त गर्छ , यसैले हामीले सहकार्य गरेका हौ ।’ एल्बम विमोचन समारोहलाई दुई लोकप्रिय सञ्चारकर्मी दिनेश डिसी र नरेश भट्टराईले होस्ट गरेका थिए भने कलाकारहरु किरण केसी , दीपाश्री निरौला , रमेश उप्रेती , निर्मल शर्मा , भिडियो निर्देशक सहेन्द्र श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

यसमा पाँच गीत संग्रहित छन् जसमा धनले होइन मनले , जवानीको ऐना हजुर , परैदेखि , मन मनै त हो , तिम्रा ति झुटा बोलका गीत रहेका छन् जसलाई क्रमश सुरज थापा , मेलिना राई , सुरेश लामा , प्रमोद खरेल र स्वरूपराज आचार्यले स्वर दिएका छन् । एल्बमलाई भाइबस क्रिएसनको तर्फबाट पर्शुराम रिजालले बजार ब्यबस्थापन गरेका छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
विशेष सल्लाहकार : दिनेश सिटौला
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha