‘भाइरल भईदियो’ गायकको गीतमा सुजन (भिडियो)

गायक मानस राजको नयाँ गीत सार्वजनिक भएको छ । ’जे पर्ला पर्ला’ बोलको गीतमा मानस स्वयंको गायन, शब्द र संगीत छ । गीतलाई नरेन्द्र वियोगीले एरेञ्ज गरेका छन् । गीतको भिडियो हेर्नुस् :

https://www.youtube.com/watch?v=er47NL5sU8o

डान्स प्लसका उपविजेता सुजन मार्पा तामाङ समुहका कलाकारहरु फिचर्ड गीतलाई ज्ञानेन्द्र शर्माले खिचेका हुन् भने रिक्की कर्माचार्यको सम्पादन छ । गीतको भिडियोको कन्सेप्ट र निर्देशन सुजनकै हो । गायक मासन राज पनि भिडियोमा केमियो भूमिकामा छन् ।

आफ्नो अघिल्ला गीतझैं ‘जे पर्ला पर्ला लाई पनि दर्शक तथा श्रोताले माया गर्नेमा गायक मानस विश्वस्त छन् । गीतको भिडियोमा सुजन मार्पा तामाङ ग्रुपका मानषी तामाङ, सुनिल मार्पा तामाङ, सञ्जिव तामाङ, देवराज रोकाय, प्रेम कुमार मगर, चाँदनी लिम्बु, निकिता लिम्बु, आकृती राई र पुष्प गुरुङ फिचर्ड छन् । मानसले यसअघि गाएको भाइरल भैदियो गीत भाइरल नै भएको थियो ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
विशेष सल्लाहकार : दिनेश सिटौला
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha