‘कलंक’ सेटमा माधुरीले याद गरिन् स्व.श्रीदेवी

बलिउड अभिनेत्री माधुरी दीक्षितले फिल्म ‘कलंक’मा बहार बेगमका भुमिका निभाएकी छिन् । यो भुमिका पहिला दिवंगत अभिनेत्री श्रीदेवी कपूरले निभाउने पक्का भएको थियो । उनका निधन पश्चात यो रोल माधुरी दिइयो ।

कलंकको टीजर रिलिज कार्यक्रममा उनलाई श्रीदेवीको रोल गर्दा कस्तो महसुस भयो भनेर प्रश्न गरियो । माधुरीले भनिन्, ‘उहाँको निधन हाम्रो लागि निकै दुख रहेको छ । उहाँले निभाउन लागेको भुमिका मलाई अफर गर्दा मेरो लागि सहज थिएन । उहाँ राम्रो कलाकार र राम्रो व्यक्ति पनि हुनुहुन्थ्यो । उहाँ जब कुनै पनि भुमिका निभाउनु हुन्छ, छुट्टै माहोल बन्छ । किनकी कोहि पनि कलाकार हरेक भुमिका आफ्नै तरिकाले निभाउछन् ।’

माधुरीले सेटमा श्रीदेवीको निकै याद आउने गरेको पनि बताइन् । उनले भनिन्, ‘मेरो भुमिका श्रीदेवी निभाउदै थिइन । त्यसैले पनि उहाँको याद सेटमा निकै आउथ्यो । तर आफ्नो काम गर्न सुरु गरिसके पछि अगाडी बढ्नु पर्छ । मैले पनि यस्तै गरे तर उहाँको याद धेरै आउँथ्यो ।’ अभिषेक वर्माले निर्देशन गरेको फिल्ममा सञ्जय दत्त, वरुण धवन, आदित्य राय कपूर, माधुरी दीक्षित, सोनाक्षी सिन्हा, आलिया भट्टको मुख्य भुमिका रहेको छ । यो फिल्म अप्रिल १७ अर्थात वैशाख ४ गते रिलिज हुँदैछ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
विशेष सल्लाहकार : दिनेश सिटौला
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha