‘क्याप्टेन’को लगानी सुरक्षित

अनमोल केसी स्टारर फिल्म ‘क्याप्टेन’ दोस्रो हप्तामा प्रर्दशनरत छ । दर्शकको राम्रो साथ पाएपछि फिल्मले १२ दिनमा पाँच करोड ग्रस कलेक्सन गरेको अनुमान छ ।


वितरक मनोज राठीको अनुसार फिल्मले पहिलो विकेन्ड २ करोड ४० लाख ग्रस कलेक्सन गरेको थियो । पहिलो साता साढे ३ करोड व्यापार गरेको फिल्मले बाँकी पाँच दिनमा १ करोड ५० लाख ग्रस कलेक्सन गरेको छ । यो फिल्मले करिब पाँच करोड कलेक्सन गरेको वितरक राठीले बताए । सोमबार क्याप्टेनको शोमा १ करोड ८० लाखमा बनेको फिल्मले लगानी सुरक्षित गरेको निर्माता भुवन केसीले बताएका थिए । यो फिल्मले सिंगल हलमा राम्रो प्रर्दशन गरिरहेको छ ।
दिवाकर भट्टराई निर्देशन गरेको फिल्म फुटबल खेल र पारिवारिक प्रेम कथामा आधारित छ । फिल्ममा अनमोलसँगै उपासना सिंह ठकुरी, प्रियंका एमभी, प्रशान्त ताम्रकार, सुनिल थापा, विल्सन विक्रम राई, बुद्धि तामाङ लगायत कलाकारको अभिनय छ । भुवन केसीको निर्माण रहेको फिल्ममा कथा पनि निर्देशक भट्टराईकै रहेको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
विशेष सल्लाहकार : दिनेश सिटौला
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha