अनमोललाई ‘प्रताप’सँगै ‘मेरो एउटा साथि छ २’को अफर

अनमोल केसी स्टारर फिल्म ‘क्याप्टेन’ दोस्रो हप्तामा प्रर्दशन भइरहेको छ । त्यस्तै चैत २९ गते अनमोल र सुहाना थापा अभिनित फिल्म ‘ए मेरो हजुर ३’ प्रर्दशन हुँदैछ ।


यो फिल्म प्रर्दशन भइसके पछि अनमोल कुन फिल्ममा काम गर्छन् भन्ने चर्चाको विषय बनेको छ । यस बिचमा अपिल विष्टले अनमोललाई ‘प्रताप’ फिल्म अफर गरेका छन् । अनमोलले यो फिल्मको एक लाइन स्टोरी सुनेको बताए । उनले भने, ‘प्रताप फिल्म अफर आएको हो । यो फिल्मको एक लाइन स्टोरी सुनिसकेको छु । जति स्टोरी सुने त्यसमा चित्त बुझेको छ । तर फिल्म साइन गर्न हत्तार गर्दिन । अहिले मेरो पुरै फोकस ए मेरो हजुरमा छ । यो फिल्म रिलिज भएपछि मात्रै प्रतापको पुरै स्टोरी पढ्छु । राम्रो लाग्यो भने गर्न सक्छु । तर फाइनल भएको छैन ।’


गोप्य स्रोतअनुसार अनमोललाई प्रतापसँगै अन्य ४ फिल्मको अफर आएको छ । त्यस मध्ये उनलाई दिनेश राउतले निर्देशन गर्न लागेको फिल्म ‘मेरो एउटा साथि छ’को सिक्वेल पनि अफर गरिएको छ । उनले केहि समय अगाडि नम्रता श्रेष्ठ भयो भने यो फिल्म गर्न बताएका थिए । त्यसैले उनी ‘मेरो एउटा साथि छ २’ मा देखिने सम्भावना बढि रहेको छ । बाँकी २ वटा फिल्मको नाम गोप्य राखिएको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
विशेष सल्लाहकार : दिनेश सिटौला
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha