जोया अख्तर ‘गली बोई’को सिक्वेल बनाउने तयारीमा

बलिउड अभिनेता रणवीर सिंह र आलिया भट्ट स्टारर फिल्म ‘गली बोई’को सिक्वेल बन्ने भएको छ । फिल्मकी निर्देशक जोया अख्तरले सिक्वेल बन्ने खुलासा गरेकी हुन् ।


जोयाले भनिन्, ‘मेरो सह लेखक रीमा कागती र मलाई लागेको छ, कि हाम्रो देशमा हिप हप कल्चरमा आधारित धेरै फिल्म बन्न सक्छ । त्यसैले हाम्रले फिल्मको लािग स्क्रिप्ट तयार गर्न थालिसकेका छौं ।’ यो खबर बाहिरिएसँगै गली बोई २ मा फरान अख्तर हुने चर्चा चलेको छ । यस विषयमा जोयाले भनिन्, ‘फरान गल्ली बोईमा फिट हुँदैनन् । यसमा हामी दुवै दुखि छौं ।’
गली बोई सय करोड क्लबमा समावेश भइसकेको छ । यो फिल्ममा दर्शकले आलिया र रणवीरको कामलाई निकै रुचाएका छन् । साथै निर्देशक जोया अख्तरले पनि राम्रो प्रतिक्रिया बटुलेकी छिन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
विशेष सल्लाहकार : दिनेश सिटौला
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha