भारतिय भिलेन गुल्शन ग्रोबर गरे नेपालीको तारिफ

चैत १ गते शुक्रबार देखि ‘दि म्यान फ्रम काठमाडौं’ प्रर्दशनमा आउँछ । यो फिल्म प्रमोशनका लागि बलिउड भिलेन गुल्शन ग्रोबर नेपाल आएका छन् ।


नेपाली अंग्रेजी भर्जन फिल्ममा ग्रोबर भिलेनकै भुमिकामा देखिदैछन् । क्युएफएक्समा पनि यो फिल्मलाई उच्च शो दिइएको छ । फिल्मका कलाकार यति बेला प्रमोशनको क्रममा रहेका छन् । बुधबार पाटन दरबार परिसरमा ग्रोबरसँगै आन शर्मा, शिशिर वाङ्देल लगायतका कलाकार उपस्थित थिए ।
ग्रोेबर बिहिबार फिल्म प्रिमियरका लागि नेपाल आएका हुन् । ग्रोबरले पहिलो पटक मनिषा कोइरालासँग नेपाल आएको बताए । उनले भने, ‘म पहिला मनिषा कोइरालासँग नेपाल आएको थिए । नेपाल एकदमै राम्रो लाग्यो । यहाँको मान्छेको स्वभाव पनि राम्रो छ । मलाई नेपाली खाना पर्याे ।’ साथै उनले आन शर्माको अभिनयको तारिफ गरेर ।


ग्रोबर प्रिमियरपछि शुक्रबार राती भारत फर्किने छन् । पेमा धोन्डुपले निर्देशन गरेको फिल्ममा अमेरिकी अभिनेता जोसे म्यानुअल, भारतिय कलाकार गुल्शन ग्रोबर, पाकिस्तानी अभिनेता हमिद शेख, नेपाली कलाकारहरु आन शर्मा, कर्मा शाक्य, नीर शाह, आमिर गौतमलगायतको पनि अभिनय छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
विशेष सल्लाहकार : दिनेश सिटौला
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha