माधुरीले यसरी दिइन् आमिरलाई जन्मदिनको शुभकामना

बलिउड अभिनेता आमिर खान बिहिबार ५४ औं जन्मदिन मनाउँदै छन् । उनलाई सामाजिक सञ्जालमा जन्म दिनको शुभकामना दिनेहरुको ओहिरो लागेको छ ।


बलिउड कलाकार पनि सामाजिक सञ्जाल मार्फत शुभकामना दिइरहेका छन् । माधुरी दीक्षितले पुराना दिन याद गर्दै जन्म दिनको शुभकामना दिएकी छन् । उनले सामाजिक सञ्जालमा स्टाटस कोर्दै लेखेकी छन्, ‘मलाई अझै याद छ । जब हामी फिल्म दिलको सुटिङ गरिरहेको थियौ । त्यति बेला मलाई तपाईले प्रयांक गर्नु भएको थियो । आज तपाईको जन्म दिनमा यहि यादगार पललाई सम्झिदै तपाईको शानदार दिनको शुभकामना । सधैं खुशी रहनु !!’
९० को दशकमा आमिर खान र माधुुरी दीक्षितको जोडि फिल्ममा खुब जमेको थियो । उनीहरुले धेरै फिल्मसँगै नगरे पनि ‘दिल’ फिल्ममा यो जोडिलाई निकै रुचाइयो । इन्द्र कुमारले निर्देशन गरको फिल्म दिल हिट भएको थियो । आमिर खान आज बान्द्रास्थित घरमा मिडियासँग बर्थडे मनाउँदै छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
विशेष सल्लाहकार : दिनेश सिटौला
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha