शुक्रबारबाट ‘कागजपत्र’ र ‘प्रेमलीला’ प्रदर्शनमा

फागुन ८ गते, शुक्रबार दुई नयाँ नेपाली फिल्म प्रर्दशनमा आएको छ । फिल्म ‘कागज पत्र’ र फिल्म ‘प्रेम लिला’ सँगै प्रर्दशनमा आएका हुन् । यस्तै नै बिहिबार हलमा दुई बलिउड फिल्म ‘मर्दको दर्द नही होता’ र अक्षय कुमार स्टारर फिल्म ‘केसरी’ प्रर्दशन भइसकेको छ ।

‘कागज पत्र’
अष्ट्रेलिया जाने युवतीको कथा समेटिएको फिल्म ‘कागज पत्र’मा नाजिर हुसेन, शिल्पा मास्के, सरिता गिरी, भोलाराज सापकोटा, लोकेन्द्र लेखक, जिवन भट्टराई, लक्ष्मी बर्देवा लगायल कलाकारहरुको अभिनय रहेको छ । अपिल बिष्टको लेखन तथा निर्देशन रहेको फिल्मलाई खिलेन्द्र तिम्सिना, मुकेश रेग्मी र प्रजापति सिवाकोटीले निर्माण गरेका हुन् । नाजिर र शिल्पासँग गरिएको रमाइलो कुराकानी हेर्नुस् :


‘प्रेम लिला’

भारतिय युवकसँगको पे्रम, धोका र बदलाको कथा समेटिएको फिल्ममा दिपशिखा खड्का र मौसम खड्का, भारतीय मोडल अली खानको साथै प्रभाकार शर्मा, रेखा शाह, सुरज तमु लगायत कलाकारको अभिनय रहेको छ । फिल्मको कथा र पटकथा अभिनेत्री खड्काले नै तयार पारेकी हुन् । नानीमैया कार्की र फैजिल फिल्म्सको सहकार्यमा फिल्म निर्माण भएको छ । पवन गौतमले छायांकन गरेका छन् भने चन्दन दत्त र सालिक दुलालको सम्पादन गरेका छन् । प्रिमियरको भिडियो हेर्नुस् :

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
विशेष सल्लाहकार : दिनेश सिटौला
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha