‘ए मेरो हजुर ३’को लोक गीतमा अनमोल र सुहानाको ठुम्का

फिल्म ‘ए मेरो हजुर ३’को ‘पराना’ बोलको दोस्रो गीत सार्वजनिक भएको छ । लोक लयको गीतमा अनमोल केसी र सहाना थापाले ठुम्का लगाएका छन् । गीतको भिडियो हेर्नुस् :

आशिष अविरल र अन्जु पन्तको स्वर रहेको गीतमा आनन्द अधिकारीको शब्द रहेको गीतमा आशिष अविरलको संगीत तथा संगीत समायोजन रहेको छ । यो गीतको भिडियोलाई प्रविण सिंहले कोरियोग्राफी गरेका हुन् । म्युजिकल लभ स्टोरी फिल्ममा अनमोल र सुहानाको मुख्य भुमिका रहको छ । अनमोल र सुहानासँगै अर्पण थापा, सलोन बस्नेत, रविन्द्र झा, रुपा घिसिङ, रक्षा गौतम, विशाल पहाडी, रेअर राई, सरोज खनाल लगायत कलाकारको अभिनय रहेको छ । सुहानाले आफ्नै होम प्रोडक्सनबाट निर्माण गरेको फिल्मबाट डेब्यु गरेकी छन् । सुहाना अभिनेत्री झरना थापा र निर्माता सुनिल कुमार थापाकी छोरी हुन् ।

अभिनेत्री झरना थापाले निर्देशन गरेको फिल्मलाई सुनिल कुमार थापाले निर्माण गरेका हुन् । निर्देशक थापा र सुमन पौडेलको कथा लेखन रहेको फिल्ममा द्वन्द्व रोशन श्रेष्ठको रहेको छ । सञ्जय लामाले छायांकन गरेको फिल्मलाई दिर्घ खड्काले सम्पादन गरेका हुन् । फिल्म चैत २९ गते देखि रिलिज हुँदैछ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
विशेष सल्लाहकार : दिनेश सिटौला
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha