कलाकार संघको अध्यक्षमा सरिता र लयको उम्मेरद्वारी

यही चैत २३ गते हुन लागेको चलचित्र कलाकार संघको निर्वाचनमा अध्यक्ष पदका लागि सरिता लामिछाने र लय संग्रौलाले उम्मेदवारी घोषणा गरेका छन् । उनीहरुले सामाजिक सञ्जाल मार्फत आफुलाई उम्मेद्वार घोषणा गरेका हुन् ।

सरिताले उमेदार घोषणा गर्दै सामाजिक सञ्जालमा स्टाटस लेखेकी छन्, ‘यही चैत २३ गते शनिबार हुन गईरहेको नेपाल चलचित्र कलाकार संघको निर्वाचनमा अध्यक्ष पदको उम्मेदवारीको घोषणा गर्दछु । मेरा सम्पुर्ण आदरणिय अग्रज चलचित्रकर्मी ज्युहरू, सहकर्मी, सहधर्मी मित्रहरू तथा सम्पूर्ण संचारकर्मी साथीहरूलाई साथ सहयोग र आशिर्वाद दिनुहुन अनुरोध गर्दछु ।’
लयले प्रतिबद्धताका साथ सामाजिक सञ्जालमा उम्मेदवारी घोषणा गरेका छन् । उनले लेखेका छन्, ‘आगामी चैत २३ गते हुने नेपाल चलचित्र कलाकार संघको निर्वाचनमा आफूलाई अध्यक्ष पदको उमेद्वार घोषणा गरेको छु । सम्पूर्ण कलाकार मित्रहरुको सहयोग र सदभावले सफलता प्राप्त हुने छ भन्ने विश्वास पनि लिएको छु । मेरा त्यति लामा एजेण्डाहरु पनि छैनन् । कलाकार संघको आधारभुत आवश्यकता, संघको क्रियाशिलता र कलाकारहरुलाई संघप्रति आकर्षित गर्ने खालका कार्यक्रमहरु सहित चलचित्र क्षेत्रको अहिलेको अवस्था भन्दा राम्रो बनाउनुका साथै हाम्रा चलचित्रहरुलाई कसरी बचाउन सकिन्छ ? निमार्ताहरुलाई कसरी निरन्तरता दिन सकिन्छ ? यसमा संलग्न प्राविधिक क्षेत्रका कर्मीहरुलाई कसरी व्यवसायिक र उनीहरुको पेशाको हितमा काम गर्न सकिन्छ ? यिनै कुराहरुलाई सक्रियताका साथ अगाडी बढाउने र चलचित्रकर्मीहरु आशस्वत हुने खालका समक्षदारी पूर्ण कार्यहरु तपाईंहरुको सरसल्लाहमा अघि बढ्ने प्रतिवद्धताका साथ यो उमेद्वारीको घोषणा गर्दछु ।’

सरिता चलचित्र कलाकार संघकी महासचिव हुन् भने लयले यसअघिको निर्वाचनमा पनि अध्यक्ष पदमा उम्मेदवारी दिएका थिए । तर, स्वर्गीय रामकेशर बोगटीसँग उनी पराजित भएका थिए । अब फेरि अध्यक्षमा उठेका छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
विशेष सल्लाहकार : दिनेश सिटौला
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha