‘न चुनाव लड्छु, न प्रचार गर्छु’: सलमान खान

–एजेन्सी
बलिउड अभिनेता सलमान खानले चुनावमा नलड्ने घोषणा गरेका छन् । केहि मिडियामा सलमान लोकसभा चुनाव लड्दैछन् भन्ने खबर फैलिएको थियो । कांगे्रसको टिकटमा उनले चुनाव लड्ने राजनीतिक दलमा चर्चा भइरहेको छ ।

उनले यसलाई खण्डन गर्दै ट्विट गरेका छन्, ‘नत म चुनावमा लड्दैछु । नत कुनै राजनीतिक पार्टीको लागि प्रचार गर्छु ।’ सलमान खानले चुनावमा नलड्ने घोषणा गरेपछि इन्दौरबाट कांग्रेसले चुनाव लड्ने कुरामा फैलाउन छोडेका छन् ।

सलमानको इन्दौरसँग विशेष सम्बन्ध रहेको छ । उनले आफ्नो बालापन यही बिताएका थिए । इन्दौरमा सलमानको क्रेज उच्च रहेको छ । चुनाव लड्ने खबर फैलिएपछि त्यहाँको मानिसहरुले सलमानले जित्छ भन्ने अनुमान लगाएका थिए ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
विशेष सल्लाहकार : दिनेश सिटौला
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha