मरिस्कासँग ‘माया लाउँदै’ दीलिप (भिडियो)

शंकरलाल श्रेष्ठको स्वरमा ‘माया त लाउने हो’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । आईतबार राजधानीमा प्रेसमिट गर्दै सार्वजजिक गरिएको हो । गीतको भिडियो हेर्नुस् :

सार्वजनिक गीतमा निर्देशक दयाराम दाहालको शब्द तथा संगीत छ । भिडियोमा अभिनेता दीलिप रायमाझी र नायिका मरिष्का पोखरेलले अभिनय गरेका छन् । मरिस्काले नृत्य गरेको ‘सालको पात टपरी’ गीत सुपरहिट भएको छ ।

गायक शंकरलालको यो दोस्रो गीत हो । २०५४ सालमा पहिलो गीत गाएका शंकरलाले धेरै वर्ष गीत संगीतबाट टाढा रहेपनि आउँदा दिनमा यो क्षेत्रलाई निरन्तरता दिने बताए । त्यस्तै अभिनेत्री मरिष्काले आफूले सानैदेखी अभिनेता दीलिपको चलचित्र हेर्ने, गीतमा नृत्य गर्ने गरेको स्मरण गर्दै संगै काम गर्न पाएकोमा खुसी व्यक्त गरिन् ।

निर्देशक तथा कोरियोग्राफर लिगेश भट्टराईले भिडियोलाई सक्दो राम्रो बनाउने प्रयास गरेको बताए । वरिष्ठ संगीतकार शम्भुजित बाँस्कोटाको प्रमुख आतिथ्यमा पुतलीसडकस्थित कफी एभिन्युमा माया त लाउने हो प्रिमियर गरिएको हो ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
विशेष सल्लाहकार : दिनेश सिटौला
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha