ऐश्वर्या हलिउड फिल्ममा कमब्याक गर्दै

एजेन्सी– ऐश्वर्या राय बच्चन हलिउडमा कमब्याक गर्ने भएकी छिन् । भारतिय मिडियाका अनुसार ऐश्वर्यालाई हलिउड फिल्मको अफर आएको छ । उनले यो प्रोजेक्ट सम्हाल्नको लागि एक टीम नियुक्त गरेकी छन् ।

ऐश्वर्याले अहिले सम्म हलिउडको पाँच फिल्ममा काम गरेकी छन् । उनले हलिउड फिल्म ब्राइड एण्ड प्रिजुडिस, दि मिस्ट्रेस अफ स्पाईसेज, प्रोवोक्ड, द लास्ट लिजन र दि पिंक पेन्थर अभिनय गरेकी छन् । ऐश्वर्याको बलिउड देखि लिएर हलिउड सम्म राम्रो चर्चा रहेको छ । केहि समय अगाडी ऐश्वर्या पति अभिषेक बच्चनसँग ‘गुलाब जामुन’ देखिने चर्चा थियो । तर यो फिल्मको नयाँ अपडेट आएको छैन ।

हलिउड फिल्मको लागि ऐश्वर्या निकै उत्साहित रहेको भारतिय मिडियामा उल्लेख गरिएको छ । यो फिल्मको औपचारिक घोषणा गरिएको छैन । तर यो फिल्ममा ऐश्वर्या देखिने सम्भावना प्रबल रहेको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
विशेष सल्लाहकार : दिनेश सिटौला
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha