दयाहाङ र दीयाको ‘दयारानी’ गीत रिलिज

नयाँ वर्ष २०७६ को अवसर पारेर फिल्म ‘दयारानी’को ‘चिरी च्याट्टै’ बोल गीत सार्वजनिक गरिएको छ । गीतमा दयाहाङ राई र दीया पुन फिचर्ड छन् । गीतको भिडियो हेर्नुस् :

राजनराज सिवाकोटी र मेलिना राईको स्वर रहेको गीतमा शब्द तथा संगीत गायक सिवाकोटीकै रहेको छ । कोरियोग्राफी विक्रम स्वाँरको रहेको छ । फिल्ममा दया र दियासँगै विजय बराल, प्रमिसा गुरुङ, नायन गरुङ, पुस्कर गुरुङ, टिकाराम घले, सुर्य सुनुवार, राजेन्द्र थापा, सीता देवी गुरुङ, लगायत कलाकारको अभिनय रहेको छ । साथै फिल्ममा बुद्धि तामाङ अथिति भुमिकामा रहेका छन् ।

माओत्से गुरुङले निर्देशन गरेको फिल्ममा मोहन गुरुङ, किरण गुरुङ, केन्द्र लिम्बु खुशिमन गुरुङ, सुरेन्द्र गरुङ, सुर्य प्रकाश गुरुङ लगानी रहेको छ भने रामबाबु गुरुङ र अपिल विष्ट कार्यकारी निर्मातामा छन् । शैलेन्द्र डि. कार्कीले खिचेको फिल्मलाई राजेन्द्र खड्का र निमेश श्रेष्ठले सम्पादन गरेका हुन् । फिल्म जेठ १० गते रिलिज हुँदैछ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
विशेष सल्लाहकार : दिनेश सिटौला
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha