नेपाली फिल्ममा फर्किए दर्शक, ओपनिङ्ग आक्रमक

सुनसान रहेका नेपाली फिल्म हलमा गत शुक्रबारदेखि दर्शकको चाप बढेको छ । नयाँ नेपाली नयाँ वर्ष पारेर प्रदर्शनमा आएको फिल्म ए मेरो हजुर ३ लाई दर्शकको अत्याधिक साथ रह्यो । सँगै प्रदर्शनमा आएको अर्को फिल्म यात्रा मा पनि दर्शकको उपस्थिति सुखद रह्यो ।

विशेषतः वैशाख १ गते देशका सम्पूण जसो हलमा दर्शकको चाप अत्याधिक रह्यो । अनमोल केसी र सुहाना थापाको मुख्य भूमिका रहेको फिल्म ए मेरो हजुर ३ मा दर्शकको ओभर फ्लो भएको निर्माता सुनिल कुमार थापाले बताए । यात्रा मा दर्शकको साथ राम्रो रहेको प्रस्तुतकर्ता केशव भट्टराईको भनाई छ । गत साल थुप्रै फिल्म असफल भएपनि यो शुभ हुने संकेत दुई फिल्मले देखाएका छन् ।

फिल्म ए मेरो हजुर ३ लाई झरना थापाले निर्देशन गरेकी हुन् । सुनिल कुमार थापाको निर्माण रहेको फिल्मबाट सुहाना थापा थापाले नायिकाको रुपमा डेव्यु गरेकी छन् । पहिलो फिल्मबाटै सुहानाले सबैको स्यावासी पाइरहेकी छन् । फिल्ममा अनमोल र सुहानासँगै अर्पण थापा, सलोन बस्नेत, रविन्द्र झा, रुपा घिसिङ, रक्षा गौतम, विशाल पहाडी, रेअर राई, सरोज खनाल लगायत कलाकारको अभिनय रहेको छ ।

यस्तै यात्रा बाट निर्देशनमा सम्राट शाक्यले निर्देशन यात्रा थालेका छन् । यो फिल्ममा सलिनमान बनियाँ, सलोन बस्नेत, जान्वी बस्नेत, जयनन्द लामा, रेअर राई, प्रेक्षा बज्राचार्य, धिरेन शाक्य, राजाराम पौडेल, विशाल कटुवाल, समृद्धि राई, योगेश जंग कुँवर, इश्वर पौडेल, नानीकाजी डंगोल, राजेश बिसुराल, इश्वर पौडेल, बिशाल पहाडी, प्रजोल भट्टराई, देशभक्त खनाल, कमल मैनाली, सौगात शर्मा लगायत कलाकारको अभिनय रहेको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
विशेष सल्लाहकार : दिनेश सिटौला
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha