कमजोर कथा बोकेको ‘कलंक’ को उत्कृष्ट ओपनिङ्ग

एजेन्सी– बहुप्रतिक्षित बलिउड फिल्म ‘कलंक’ विश्वभरका हलमा बुधबार देखि प्रर्दशन भईरहेको छ । यो फिल्म नेपालमा शुक्रबार देखि मात्र प्रर्दशन गरिदैछ । नेपालमा फिल्म दशैं, तिहार र तिज बाहेक शुक्रबार मात्रै प्रर्दशन गरिने प्रचलन रहेको छ ।

नेपालमा बलिउड फिल्म अरु बारै प्रर्दशन हुँदा पनि प्रर्दशन गरिएको थियो । तर कलंकको हकमा यस्तो भएन । तर फिल्मले निकै नराम्रो समिक्षा पाइरहेको छ । मल्टिस्टारर फिल्मले दर्शकलाई बाँधेर राखे पनि फिल्म यादगार नभएको प्रतिक्रिया आएको छ । फिल्ममा सञ्जय दत्त, माधुरी दीक्षित, आदित्य कपूर राय, सोनाक्षी सिन्हा, वरुण धवन र आलिया भट्टको अभिनय रहेको छ । फिल्मको कथा नै कमजोर भएको हुँदा स्टारको अभिनयको जादु चल्न सकेन ।

फिल्मा ‘कलंक नहि इश्क है’ बोलको गीतलाई निकै नै प्राथमिकता दिइएको छ । तर फिल्ममा प्रेम कथा कम बाध्यता बढि देखाइएको छ । सोनाक्क्षीलाई क्यान्सर लागेर मर्ने थाहा भएपछि आफ्नै बहिनी (रुप) आलियालाई विवाह गर्दिन्छिन् । आलियाले परिवारको दवदबामा आएर बिहे गर्छिन् । उनको प्रेमि वरुण हुन् । तर फिल्ममा प्रेम कथा झल्किएको छैन ।

यो फिल्म करण जोहरको बुबाको सपना हो । तर यो फिल्मलाई दर्शकले धेरै समय याद नगर्ने भारतिय समिक्षकले दाबी गरेका छन् । अभिषेक बर्मनले निर्देशन गरेको फिल्ममा सेटअप भब्य भए पनि फिल्मले दर्शकलाई निराश बनाएको छ । पिरियडी ड्रामा फिल्ममा केहि संवाद दमदार रहेपनि पटकथाको पाटोलाई पनि कमजोर रुपमा हेरिएको छ । फिल्म कमजोर भएपनि व्यापार भने उत्कृष्ट गरेको छ ।

कलंकले प्रदर्शनको पहिलो दिन भारतिय बक्स अफिसमा २१ करोडको व्यापार गरेको रिपोर्ट । जुन व्यापार यस वर्षकै उच्च हो । कलंकले पहिलो दिनको कमाइमा गल्ली ब्योय र केशरीलाई पनि उछिनेको छ । जे होस् कलंक कमजोर भएपनि व्यापार भने उत्कष्ट गरिरहेको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
विशेष सल्लाहकार : दिनेश सिटौला
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha