‘कबड्डी ३ बाट प्रदीप निकालियो भन्नु हावा हो’ : रामबाबु

रामबाबु गुरुङले निर्देशन गर्न लागेको फिल्म ‘कबड्डी ३’ प्रदिप खड्का हुने चर्चा लामो समय देखि चलिरहेको थियो । प्रदिपको ‘लभ स्टेसन’ सोचे जस्तो नचलेपछि रामबाबुले उनलाई फिल्मबाट हटाएको खबर बाहिरिएको छ । के यो खबर सत्य हो त ? के भन्छन् त प्रदीप र रामबाबु ?

प्रदिपले समय नभ्याएर फिल्म खेल्न असमर्थन भएको बताए । उनले भने, ‘रामबाबु दाईसँग कुरा भएको हो । तर मैंले फिल्मको स्क्रिप्ट पनि पढेको छैन । उहाँ साईली फिल्ममा व्यस्त हुनु भएर बाँकी केहि कुरा फाइनल भएको थिएन । उहाँले फागुन चैतबाट फ्लोरमा जाने कुरा गर्नु भएको थियो । तर अहिले वैशाख देखि छायांकन सुरु गर्ने कुरा आएको छ । त्यस समयमा ‘प्रेम गीत ३’को पनि छायांकन हुँदैछ । त्यसैले कबड्डी खेल्न भ्याउँदिन भनेको हो ।’

निर्देशक गुरुङले प्रदिपको अझै पनि सम्भावना रहेको बताउँदै भने, ‘प्रदिपसँग फिल्मको बारेमा कुरा भएको हो । तर कोहि कलाकार पनि फाइनल भएका छैनन् । अहिले म उपत्यका बाहिर छु । एक सातापछि फिल्मको कलाकार कास्ट गर्छु । प्रदिपको समय मिल्यो भने हुन पनि सक्छन् । प्रदिपको हिजो जति सम्भावना थियो, आज पनि त्यति नै छ । हेरौं के हुन्छ ?’ तर लभ स्टेशनका कारण प्रदीपलाई कबड्डी सिरिजबाट हटाइएको भन्ने खबर हावा भएको निर्देशक गुरुंगले बताए । ‘यस्तो हावा समाचार कहाँ बाट आउँछ ? म आफैंपनि चकित छु’, गुरुङ भन्छन ।

फिल्मको लागि दयाहाङ राई, कर्म, बुद्धि तामाङ लगायत कलाकार मौखिक रुपमा फाइनल भैसकेका छन् । साथै फिल्ममा नायिका उपासना सिंह ठकुरी पनि हुने चर्चा रहेको छ । यो फिल्म वैशाखको अन्तिम साताबाट फ्लोरमा जाने तयारी रहेको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
विशेष सल्लाहकार : दिनेश सिटौला
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha