योगेश र सारिकाको ‘ऐसेलुको पात’ सार्वजनिक (भिडियो)

योगेश काजीको स्वर, शब्द तथा संगीत रहेको ‘ऐसेलुको पात’ बोलको गीत सार्वजनिक भएको छ । डान्सिंग नम्वरको गीतको भिडियोमा नमुना श्रेष्ठ, विवेक मोक्तान, सुदिप राई, चपुर हर्स कृ फिचर्ड छन् । हेर्नुस् भिडियो :

‘ऐसेलुको पात’ मा योगेशलाई नायिकाबाट गायिका बनेकी सारिका घिमिरेले साथ दिएकी छन् । म्युजिक भिडियोलाई पनि सारिकाले नै निर्देशन गरेकी हुन् । ज्ञानेन्द्र शर्मा हुमागाईंले खिचेको म्युजिक भिडियोलाई विष्णु खड्काले सम्पादन गरेका हुन् ।

‘ऐसेलुको पात’ लाई दर्शक तथा श्रोताले रुचाउने योगेश र सारिकाको विश्वास । हामीले दर्शकको रोजाइलाई हेरेर गीत बनाएका छौं । धेरै माया पाउने आशा छ, योगेश र सारिका भन्छन् । के सालको पात जस्तै ऐशेलुको पात सुपरहिट बन्ला त ?

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
विशेष सल्लाहकार : दिनेश सिटौला
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha