‘साईला माया नलाम भो’ मा प्रदीप र बेनिशाको प्रेम

बसन्त सापकोटाको शब्द, संगीत तथा स्वर रहेको नयाँ गीत सार्वजनिक भएको छ । सार्वजनिक ‘साईला माया नलाम भो’ बोलको गीतमा बसन्तसँगै बेनिशा पौडेलको पनि स्वर रहेको छ । बेनिशाले यस अघि ‘आँखैमा लगाउने गाजल’ सकियो बोलको गीत गाएकी थिइन् । भिडियो हेर्नुस् :

शान थापाको निर्देशनमा बनेको भिडियोमा गायिका बेनिशा र प्रदीप बास्तोलाको अभिनय रहेको छ । राजीव रमरको नृत्य निर्देशन रहेको भिडियोलाई अर्जुन तिवारीले खिचेका हुन् । भिडियोको सम्पादन सुप्रिम पराजुलीले गरेका छन् । यस गीतबाट आफू निकै आशावादी रहेको बसन्त सापकोटाले बताए । उनले भने, ‘मेरो धेरै गीतहरुलाई दर्शक(स्रोताले रुचाउनु भएको छ । यस गीतमा पनि मैले निकै मेहनत गरेको छु । आशा छ, यस गीतलाई पनि उहाँहरुले मन पराउनु हुन्छ ।’ त्यस्तै गायिका बेनिशा पनि यस गीतलाई लिएर निकै उत्साहित छिन् ।

सार्वजनिक उक्त गीतमा बुद्ध स्याङ्बाको एरेन्ज रहेको छ भने गीतको मिक्सिङ तथा मास्टरिङ किशोर थापाले गरेका हुन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
विशेष सल्लाहकार : दिनेश सिटौला
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha