‘कसरी भनुँ’ मा विश्व र नमिताको प्रेम (भिडियो)

गायक आर.के खत्रीको शब्द, संगीत र स्वरमा ‘कसरी भनुँ’ गीत सार्वजनिक भएको छ । एउटा प्रेमीले व्यक्त गर्न नसकेको प्रेमको भाव समेटिएको गीतको भिडियोमा मोडलद्धय विश्व शर्मा र नमिता भुषाल फिचर्ड छन् । गीतको भिडियो हेर्नुस् :

विकि पुलामीको निर्देशन रहेको गीतको भिडियोमा कुन्चोक शेर्पाको छायांकन र सतिज श्रेष्ठको सम्पादन रहेको छ । म्युजिक भिडियोको आधा भन्दा बढि छायांकन अमेरिकामा गरिएको छ । अमेरिकामा बसोबास गर्दै आएका विश्व र नमिताले यसअघि पनि थुप्रै गीतहरुमा एकसाथ काम गरिसकेका छन् । यी दुईले अभिनय गरेको ‘आत्मामा’, ‘टुक्रेको मुटु’ लगायत म्युजिक भिडियो दर्शकले रुचाएका छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
विशेष सल्लाहकार : दिनेश सिटौला
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha