‘बीर विक्रम २ नखेलेको भए धेरै कुरा छुट्थ्यो’: पल शाह

नायक पल शाहको क्रेज लोभलाग्दो छ । म्युजिक भिडियो हुँदै ठुलो पर्दामा नायक बनेका शाह छोटो समयमै एकपछि अर्को फिल्ममा व्यस्त भए । पल अभिनित पाँचौं फिल्म ‘बीर विक्रम २’ जेठ ३ गते देखि प्रर्दशन हुँदैछ । पल, बर्षा, नाजिर र बुद्धिसँग गरिएको रमाइलो कुराकानी हेर्नुस् :

फिल्म ‘बीर बीक्रम २’ का लागि सुरुमा निर्देशक मिलन चाम्सले नायक आकाश श्रेष्ठलाई चुनेको थिए । आकाश श्रेष्ठको कार्य व्यस्तताको कारण उनी फिल्ममा जोडिन सकेनन् । त्यसपछि यो फिल्ममा जोडिने अवसर पल शाहले पाए । नायक शाहले यो फिल्म नखेलेको भए धेरै कुरा छुट्ने बताए । उनले भने, ‘म जहिलै सिक्न खोज्ने मान्छे हुँ । म आफ्नो अभिनयलाई दिन प्रतिदिन सुधार्ने प्रयास गरिरहेको हुन्छु । यो फिल्ममा नाजिर, वर्षा र बुद्धि दाई हुनुहुन्छ भन्ने बित्तिकै केहि सिक्छु लागेको थियो । साथै मेरो अभिनयमा निखारता आउन सक्छ भन्ने लागेको थियो । सायद यो फिल्म नखेलेको भए धेरै कुरा छुट्थ्यो ।’

उनले थप्दै भने, ‘यो फिल्मले हाम्रो मित्रता कायम गरिदिएको छ । यो फिल्म नछोडनुको कारण चै राम्रो निर्देशक, राम्रो ब्यानर र को–एक्टर हो ।’ मिलन चाम्सले निर्देशन गरेको फिल्ममा पल शाहसँगै वर्षा सिवाकोटी, नाजिर हुसेन, बुद्धि तामाङको मुख्य भुमिका रहेको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
विशेष सल्लाहकार : दिनेश सिटौला
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha