एलिजा गौतमको आँट, ‘हिम्मत हार्दिनं, मिहेनत गर्छु’

सञ्चारकर्मी ऋषि धमला पत्नी एलिजा गौतम अभिनित फिल्म ‘अनुराग’ गत वर्ष रिलिज भएको थियो । सञ्चारकर्मी धमलाले आफ्नी पत्नीलाई फिल्ममा डेब्यु गराउँदै फिल्ममा लगानी गरेका थिए । यो फिल्म बक्स अफिसमा सफल हुन सकेन ।

यो फिल्म मार्फत एलिजाको फिल्म खेल्ने इच्छा मात्रै पुरा भयो । उनको फिल्ममा सफल डेव्यु हुन सकेन । तर एलिजाले आफुले अझै हिम्मत नहारेको सामाजिक सञ्जालमा उल्लेख गरेकी छन् । उनले लेखेकी छन्, ‘मैले कहिले घमण्ड गरिन् । आफुलाई घमण्ड गर्न लायक छु जस्तो नि लाग्दैन । केहि मिडियामा एलिजा र एलिजाको फिल्मले पानी पिउन भन्न पाएन भनेर लेख्नु भएको रहेछ । हो मेरो फिल्मले पानी पिउन भन्न पाएन । मेरो पहिलो प्रायस हो, तर म हार मान्दिन अझै दुख गरेर मेहेन्त गरेर आउने छु । एकै पटक कोहि सफल हुँदैन काम गर्दै जादा सफल भइन्छ । म बाँचुन्जेल कहिले डराउँदिन ।’ ऋषि धमला र एलिजा गौतमसँग गरिएको रमाइलो कुराकानी हेर्नुस् :

पहिलो फिल्म असफल भए पनि एलिजा अझै मिहेनत गरेर फिल्म क्षेत्रमा फर्किने योजनामा रहेकी छिन् । उनी हाल अभिनय कक्षाको प्रशिक्षाण समेत लिंदै छिन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
विशेष सल्लाहकार : दिनेश सिटौला
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha