उल्सन र सन्ध्याको ‘तरकारी’ हेर्नुस् (भिडियो)

नेपाल आइडल पहिलो संस्करणमा उत्कृष्ट दश भित्र पर्न सफल उल्सन श्रेष्ठ र सन्ध्या जोशीले युगल गीत ल्याएका छन् । ‘तरकारी’ बोलको गीतमा शब्द तथा संगीत उल्सन स्वयमकै रहेको छ । हेर्नुस् गीतको भिडियो :

टेकेन्द्र शाहको सम्पादन तथा निर्देशन रहेको गीतको भिडियोमा मञ्जिल बस्नेत र सारा शिर्पाइली फिचरिंग छन् । उल्सन र सन्ध्याले यसअघि पनि आफ्ना थुप्रै गीतहरु बजारमा ल्याइसकेका छन् । युगल गीत भने उनीहरुको पहिलो हो । तरकारी गीतमा टिकटक बनाउनेको लहर चलिरहंदा यो गीतको भिडियो युटुव ट्रेन्डिंगमा पनि पर्न सफल भएको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
विशेष सल्लाहकार : दिनेश सिटौला
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha