फुटसल ग्राउण्डमा ‘कुम्भ करण’को प्रचार

यही जेठ १७ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘कुम्भ करण’ समुहले फिल्म प्रचार गर्दै फुटसल खेलेको छ । आइतबार, मैतिदेवीस्थित फुटसल ग्राउन्डमा ‘कुम्भ करण’ टिम, रंग पत्रकार र होस्टेल बस्ने विद्यार्थी बिच भएको खेल रोमाञ्चक भएको थियो ।

सुशिल पैडेलको कप्तानीमा रहेको मिडिया ‘टिम ए’ र ‘कुभ्भ करण’ टिमलाई हराउँदै होस्टेल विद्याथीहरुले प्रथम स्थान हासिल गरे । त्यस्तै ‘कुम्भ करण’ र मिडिया ‘टिम ए’बीच भएको खेलमा मिडिया ‘टिम ए’ले जीत हासिल गरेर दोस्रो स्थान बनायो र ‘कुम्भ करण’ टिम तेस्रो बन्यो । उता मिडिया ‘टिम बि’ भने दुई खेल हारेर आउट भएको थियो । रंग पत्रकारको दुई वटा समुह थियो ।

दिपक वलीको निर्देशन रहेको फिल्म ‘कुम्भ करण’ सरकारी विद्यालमा शिक्षाक र शिक्षिका बिचको प्रेम सम्बन्धमा आधारित छ । फिल्ममा आकाश पल, कुलदीप अधिकारी, कमल गाउँले लगायत कलाकारहरुको अभिनय छ । फिल्ममा कथा, पटकथा एंव संवाद महेश दवाडीको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
विशेष सल्लाहकार : दिनेश सिटौला
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha