विवाहपछि ‘८३’ मा स्क्रिन सेयर गर्दै दीपिका र रणवीर

एजेन्सी– बलिउड अभिनेता रणवीर सिंह र दीपिका पादुकोण विवाहपछि पहिलो पटक फिल्ममा एकसाथ स्क्रिन सेयर गर्ने भएक छन् । दीपिका फिल्म ‘८३’को छायांकनको लागि लण्डन पुगेकी छन् ।

फिल्ममा रणवीरले क्रिकेटर कपिल देवको भूमिका निभाउँदै छन् । भने दीपिका कपिल देवको पत्नीको रोलमा देखिने छिन् । यो जोडीले विवाह भन्दा पहिला ‘रामलीला’, ‘बाजीराव मस्तानी’ र ‘पद्मावत’मा एक साथ काम गरिसकेका छन् । फिल्मको छायांकन मे १५ बाट सुरु भएको छ । यो फिल्ममा १९८३ मा भारतले विश्वकप जितेको कथालाई समेटेर तयार पारिएको छ ।

कबिर खानले निर्देशन गर्न लागेको फिल्ममा रणवीर र दीपिकासँग एमी विर्क, ताहिर राज भसिन, साकिब सलीम, साहिल खट्टर, चिराग पाटिल, हार्डी संधू लगायत कलाकारको अभिनय रहने छ । यो फिल्म २०२० अप्रिल १० मा रिलिज हुनेछ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
विशेष सल्लाहकार : दिनेश सिटौला
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha