रोहितको ‘जिन्दगी खास’ बनाउने सुपुष्पा (भिडियो)

गायक कर्णराज गिरी र गायिका अन्जु पन्तको स्वरमा रहेको नयाँ गीत सार्वजनिक भएको छ । सार्वजनिक ‘जिन्दगी खास भयो’ बोलको गीतमा अर्जुन पोखरेलले संगीत दिएका छन् । गीतको शब्द रचना भने मुक्त उदासले गरेका हुन् । गीतको भिडियो हेर्नुस् :

शान थापा निर्देशित भिडियोमा रोहित थापा र सुपुष्पा भट्ट प्रस्तुत छन् । भिडियोमा उनीहरुको प्रेम भावलाई देखाइएको छ । रजिव समरको करियोग्राफी रहेको भिडियोलाई अर्जुन तिवारीले खिचेका हुन् । रोहित थापाले नै निर्माण गरेको भिडियोमा सुरेश काफ्लेले ड्रोन उडाएका छन् भने सम्पादनको जिम्मा सुप्रिम पराजुलीले लिएका हुन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
विशेष सल्लाहकार : दिनेश सिटौला
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha